Main News
एक किलो ३ सय ग्राम सुनसहित एक जना पक्राउ
२०८० पुष २२ गते १३:३२

२२ पुस २०८० काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ३ सय ग्राम सुन बरामद भएको छ ।
विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुनचन्द ठकुरीले गएराति फ्लाई दुबईबाट आएका एक जना यात्रुको साथबाट सुन बरामद भएको जानकारी दिनुभयो ।
उहाँले दुबईबाट आएकी श्रीलंकाका नागरिक कान्थामात्रे काभास्करले सुन लुकाएर ल्याएको बताउनुभयो । यस विषयमा विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।
यसअघि पनि त्रिभुवन विमानस्थलमा पटक पटक ठूलो परिमाणमा तस्करी गरि ल्याइएको सुन बरामद भएको थियो ।
प्रतिक्रिया