Main News

राष्ट्रियसभा निर्वाचनः मतदाताको अन्तिम नामावली प्रकाशन आज

हिमालय टिभी
२०८० पुष २२ गते १३:२९
राष्ट्रियसभा निर्वाचनः मतदाताको अन्तिम नामावली प्रकाशन आज

२२ पुस २०८० काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटका लागि हुने निर्वाचनका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशित हुँदैछ ।

अन्तिम नामावली प्रकाशित भएपछि भोलि सातै प्रदेशमा उम्मेदवारी दर्ता गरिनेछ । निर्वाचन आयोगका अनुसार २ हजार ४७ जना मतदाता छन् ।

यसअघि स्वीकृत मतदाताको नामावली पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा सार्वजनिक भएको थियो ।

प्रकाशित नामावलीमा कुनै मतदाताको नाम समावेश हुन छुटेको भए नाम समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनु पर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिने व्यवस्था थियो ।

ती सबै प्रक्रिया सकेर आज अन्तिम मतदाता नामावली प्रकाशित गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *