Main News
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज
२०८० पुष २२ गते १३:२८

२२ पुस २०८० काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
हिजोका तय भएको बैठक अहिले केहीबेरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि सारिएको हो । बैठकमा राष्ट्रिय सभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमकाबारे छलफल हुने बताइएको छ ।
राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गर्ने दिन पुस २३ नजिकिँदै गर्दा कांग्रेसले उम्मेदवार टुंगो लगाउन बैठक बोलाएको हो। आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ ।
प्रतिक्रिया