Main News

सर्लाहीको बरहथवामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

हिमालय टिभी
२०८० पुष २१ गते १३:२९
सर्लाहीको बरहथवामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

२१ पुस २०८० सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा हिजो साँझबाट लगाइएको कर्फ्यूको समय सकिएपछि निषेधाज्ञा लगाइएको छ ।

स्थानीय प्रशासनले हिजो साँझ लगाएको कर्फ्यू बिहान ८ बजे हटाएर भोलिसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । हिजो दिउँसो नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्नेसम्बन्धी विषयमा विवाद भएको थियो ।

विवादले उग्र रूप लिँदा प्रदर्शनकारीहरूले नगरप्रमुख कल्पना कटुवालको घरमा तोडफोड गरेका थिए । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाउँदा बरहथवा(६ का २७ वर्षीय जयशंकर साह मृत्यु भएको थियो ।

प्रदर्शनका क्रममा भएको झडपमा ८ प्रहरीसहित १० जना घाइते भएका थिए। प्रहरीको गोली लागेर मृत्यु भएका साहको शव अहिले पनि घटनास्थलमै छ । स्थानीयवासी शव घेरा हालेर रातभर घटनास्थलमै बसेका थिए ।

मृतकका आफन्त र आन्दोलनरत स्थानीयले दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै शव उठाउन नदिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *