राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदाता नामावली प्रकाशन गरिँदै
२० पुस २०८० काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज मतदाता नामावली प्रकाशन हुँदैछ ।
राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । प्रकाशित मतदाता नामावली उपर दाबी विरोधलगायत कार्य आजैदेखि शुरु हुनेछ ।
पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । त्यसपछि पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । पुस २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
त्यस्तै पुष २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने तालिका छ । माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदैछ ।
आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।
प्रतिक्रिया