Main News
भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता
२०८० पुष २० गते १३:३२
![भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता](https://www.himalayatv.com/wp-content/uploads/2024/01/s-jayashankar.jpg)
२० पुस २०८० काठमाडौं । नेपालको दुई दिने भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री एस जयशंकर भारत फर्कनु भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले भारतीय समकक्षी जयशंकरको बिदाई गर्नुभयो ।
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन आएका जयशंकरले हिजो उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो । आयोगको बैठकपछि नेपाल र भारतबीच भएका विभिन्न सहमति तथा समझदारी आदानप्रदान भएको थियो ।
आज स्वदेश फर्किनुअघि उहाँले बिहान पशुपतिनाथ मन्दिर परिसरको दर्शन गर्नुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन गर्नुभयो ।
प्रतिक्रिया