Main News

राष्ट्रियसभामा एमालेलाई पनि सीट दिने गठबन्धनको तयारी

हिमालय टिभी
२०८० पुष १८ गते १३:१६
राष्ट्रियसभामा एमालेलाई पनि सीट दिने गठबन्धनको तयारी

१८ पुस २०८० काठमाडौं । राष्ट्रियसभा निर्वाचनको सीट भागबन्डाको विषयलाई लिएर सत्ता गठबन्धनले एमालेसँग पनि छलफल गर्ने भएको छ ।

आज अपराह्यन तीन बजे सत्ता गठबन्धनको बैठक बसे लगत्तै एमालेसँग छलफल गर्न लागिएको हो । ५ बजेका लागि एमालेसहितको बैठक बोलाइएको छ ।

एमालेलाई पनि सिट दिन कांग्रेस र माओवादीका शीर्ष नेताहरूबिच मंगलबार पनि छलफल भएको थियो । यसअघि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका नेतासँग छलफल गर्नु भएको थियो ।

राष्ट्रिय सभा सदस्यका लागि पुस २३ गते उम्मेदवारी दर्ता हुँदैछ । माघ ११ गते २० सिटका लागि हुने निर्वाचनमा प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि समेटेर लैजाने प्रयास गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *