आज उद्यौली पर्व मनाइँदै
१० पुस २०८० काठमाडौं । आज मार्गशीर्ष शुक्ल अर्थात् मंसिर पूर्णिमा ।
किराँत समुदायले हर्षोल्लासका साथ उधौली पर्व मनाउँदै छन् । यस अवसरमा किराँत समुदायमा मुख्य गरी राई, लिम्बू, याख्खा र सुनुवारले नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गर्ने गर्छन।
उधौलीका अवसरमा परम्परागत भेषभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्ने प्रचलन समेत छ । खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेला स्थानमा पूजा गर्ने परम्परा छ ।
प्रकृतिको पूजा गर्ने र प्रकृतिलाई भगवानका रुपमा मान्ने किराँत समुदायले खेतीपातीमा केही गल्ती भएको भए सन्तान सम्झेर माफी गरिदिनुस् भनी प्रार्थना गर्ने गर्छन । किरात समुदायका राई,लिम्बू, सुनुवार र याक्खाले उधौली मनाउँछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले उधौली पर्वका अवसरमा शुभकामना दिँदै यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नु भएको छ
आजै नेवार समुदायले ‘योमरी पुन्हि’ मनाइरहेका छन् । यस दिन चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुदपाक, खुवा आदि राखी क्रिकोण आकारमा बनाई पानीको बाफमा पकाउने चलन छ ।
लक्ष्मी, गणेश, कुमार, कुवेरलगायतका देवी देवतालाई चढाएर मात्र खाने चलन छ। धानको भकारीमाथि यी देवी देवतालाई राखी पूजा गर्ने परम्परा नेवार समुदायमा छ।
प्रतिक्रिया