Main News

सिद्धार्थ राजमार्ग पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने

हिमालय टिभी
२०८० पुष ९ गते १३:३५
सिद्धार्थ राजमार्ग पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने

९ पुस २०८० रुपन्देही । सिद्धार्थ राजमार्ग पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

सुरुङमार्ग निर्माण गर्न पुसस १६ गतेदेखि सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको हो । सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक र दुई तथा स्लोप क्षेत्रको कार्य गर्दा बाटो सांघुरो भएका कारण राजमार्गको सिद्धबाबा खण्ड पुस १६ गतेदेखि एक सय दिन बन्द हुनेछ ।

सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द सडक हुने छ भने अत्यावश्यक सवारीसाधनलाई रोक नलगाइएको प्रशासनले जनाएको छ । सुरुङ निमार्ण थालेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कर्पोरेसनले सुरुङ निमार्ण कार्य गर्दा यातायात सञ्चालन गरी काम गर्दा जोखिम हुने भएकाले रातिको समयमा सडक बन्द गरेर काम गर्न लागेको हो ।

आकस्मिक रुपमा यात्रा गर्नुपर्ने र हलुका सवारी साधनहरुका लागि दोभानदेखि नुवाकोट हुँदै बेलबास जान सकिने आयोजनाले जनाएको छ । सिद्धबाबामा सुरुङमार्ग निर्माणको जिम्मा पाएको कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का पाएर एक वर्षअघिदेखि काम सुरु गरेको छ ।

सुरुङमार्गको दूरी दोभानदेखि सिद्धबाबासम्म एक हजार एक सय २६ मिटरको हुनेछ । अहिले सञ्चालनमा रहेको सडकमा भने रकनेट र रकसेडका काम हुने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *