Main News

बाघको आक्रमणबाट नवलपरासी पूर्वमा दुई जनाको मृत्यु

हिमालय टिभी
२०८० पुष ९ गते १३:२७
बाघको आक्रमणबाट नवलपरासी पूर्वमा दुई जनाको मृत्यु

९ पुस २०८० नवलपुर । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ को खहरे जंगलमा बाघको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा ५९ वर्षीया मनादेवी पौडेल र उनकी बुहारी २८ वर्षकी विष्णु छन् । साथीहरुसँग घाँस काट्न गएका उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाँस दाउरा लिन हिजो दिउँसो जंगल गएका उनीहरू अवेरसम्म पनि घर नफर्केपछि खोजी गर्ने क्रममा बाघको आक्रमणमा परेको अवस्थामा भेटिएको एसपी नरहरि रेग्मीले जानकारी दिनुभयो ।

उनीहरुको शव सडकबाट एक किलोमिटर भित्र विनयी सामुदायिक वनमा फेला परेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *