Main News

सरकारले तोकेको मूल्यप्रति उखु किसानको असन्तुष्टि

हिमालय टिभी
२०८० पुष ८ गते १३:३७
सरकारले तोकेको मूल्यप्रति उखु किसानको असन्तुष्टि

८ पुस २०८० बारा । सरकारले उखुको मूल्य प्रतिक्विन्टल २५ रुपैयाँ बढाए पनि किसानहरुले असन्तुष्टि जनाएका छन् ।

कृषि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले बुधबार उखुको मूल्य अनुदान बाहेक प्रतिक्विन्टल पाँच सय रुपैयाँ तोकेपनि किसानले भने असन्तुष्टि जनाएका हुन् ।

किसानहरुले गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल ५४० र अनुदान बापत ७० रुपैयाँ पाएका थिए । बजारमा चिनीको मूल्य आकाशिएको अवस्थामा उखुको मूल्य प्रतिक्विन्टल आठ सय हुनुपर्ने किसानहरुको माग छ ।

उद्योगीले चिनीको मूल्य बढाउने तर किसानको उखुको लागत समेत नउठ्ने गरी सरकारले मूल्य तोक्ने परम्पराका कारण उखु किसान निराश बनेका छन् ।

किसानहरुले प्रति बिघा उखु खेतीमा कटान बाहेक न्यूनतम् एक लाख रुपैयाँ खर्च हुने र उखुको मूल्यमा प्रतिक्विन्टल २५ रुपैयाँमात्रै बढाउँदा किसानहरुलाई कुनै फाइदा नहुने किसान बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *