Main News
नेपाल प्रहरीका सई मृत फेला
२०८० पुष ८ गते १३:३५

८ पुस २०८० भक्तपुर । भक्तपुरमा नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) मृत फेला परेका छन् ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा सई बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका हुन् । प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौंमा कार्यरत सई ४४ वर्षीय घिमिरे मृत फेला परेको भक्तपुर प्रहरीले जनाएको छ ।
घिमिरे आफ्नै घरको तेस्रो तलामा आफू सुत्ने कोठामा मृत फेला परेको भक्तपुर प्रहरी परिसरका प्रमुख वेद विष्टले जानकारी दिनुभयो ।
मृत्युको कारण खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया