Main News

मुगुमा अनमी तुलसा विकलाई जातीय विभेद गरेको आरोपमा २ जना पक्राउ

हिमालय टिभी
२०८० पुष ८ गते १३:३१
मुगुमा अनमी तुलसा विकलाई जातीय विभेद गरेको आरोपमा २ जना पक्राउ

८ पुस २०८० मुगु । मुगुको सोरु गाउँपालिका–९, खनैयाँ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी तुलसाकुमारी विकलाई जातीय भेदभाव गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयमा पीडितले ३ जनाविरुद्ध दिएको उजुरीका आधारमा २ जनालाई नियन्त्रणमा लिइएको हो । जाहेरी नाम उल्लेख एक जना भने पक्राउ गर्न बाँकी छ ।

पक्राउ परेकामा एकजना खनैयाँ स्वास्थ्य चौकीकै इन्चार्ज सुरजकुमार शाहीकी आमा हुन्। स्थायी घर दाङ भएकी अनमी तुलसाकुमारी गत वर्ष माघदेखि खनैयाँ स्वास्थ्यचौकीमा कार्यरत छिन्।

उनी स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमारी शाहीकै घरमा डेरा लिएर बसेकी थिइन्। तर गत वैशाखमा जात थाहा पाएपछि उनकी आमाले डेरा सर्न दबाब दिएको आरोप अनमी विकको छ।

जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभावसम्बन्धी (कसुर र सजाय) ऐन, २०६८ अनुसार जातीय विभेद गरेको ठहरिएमा पीडकलाई ३ महिनादेखि ३ वर्षसम्म कैद वा ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्नेछ। सार्वजनिक पदमा बसेका व्यक्तिलाई यसमा ५० प्रतिशत थप सजाय हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *