Main News

माओवादी र कांग्रेसबाट लुम्बिनी प्रदेशमा मन्त्री नियुक्त भएकाको सपथ आज

हिमालय टिभी
२०८० पुष ८ गते १३:२४
माओवादी र कांग्रेसबाट लुम्बिनी प्रदेशमा मन्त्री नियुक्त भएकाको सपथ आज

८ पुस २०८० काठमाडौं । माओवादी र कांग्रेसबाट लुम्बिनी प्रदेशमा मन्त्री नियुक्त भएकाको आज सपथ हुँदैछ ।

शनिवार माओवादी केन्द्रबाट मन्त्री नियुक्त भएका कृष्णा केसी र कांग्रेसका सरोज थापालाई आज सपथ गराइने भएको हो । केसीले खानेपानी, ग्रामीण तथा सहरी विकास र थापाले पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

गत शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि कांग्रेसभित्र कुरा नमिलेपछि रोकिएको थियो । यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो । दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रीमण्डल भएको छ । दुई मन्त्री थपिए पनि लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाएको छैन । दुई मन्त्री थपिए पनि लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाएको छैन ।

मुख्यमन्त्री चौधरीले आफूसँग वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय राख्नुभएको छ । प्रदेश सरकारले खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयबाट खानेपानी झिकेर वन मन्त्रालयमा समायोजन गरेको छ भने छुट्टै शहरी विकास मन्त्रालय कायम गरेको छ ।

प्रदेश सरकार कार्य विभाजन नियमावली २०७९ को अनुसूची १ र २ लाई फेरबदल गर्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा यसअघिको उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयबाट पर्यटन झिकेर वन मन्त्रालयमा सारिएको छ ।

वन तथा वातावरण मन्त्रालयले अब खानेपानी र पर्यटनको क्षेत्र हेर्नेछ । मन्त्री थप्ने विषयमा लुम्बिनी कांग्रेसमा विवाद सुरु भएको छ । अहिलेसम्म संस्थापन समूहले इतर समूहलाई स्थान नदिएको भन्दै उनीहरूले विरोध गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *