Main News

देशभरका उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली शुरु

हिमालय टिभी
२०८० पुष ८ गते १३:२१
देशभरका उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली शुरु

८ पुस २०८० काठमाडौं । आजदेखि देशरभरका उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरु भएको छ ।

प्रधानन्यायाधीश विश्वभ्भर प्रसाद श्रेष्ठले पाटन उच्च अदालतबाट स्वचालित पेशी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्नु भएको हो । तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेसी प्रणाली लागु गर्न सुझाव दिएको थियो।

यसअघि गोला प्रथाबाट पेसी तोकिँदै आएको थियो । यो प्रणाली लागु गरिएपछि स्वचालित रुपमा तारिख दिइनेछ भने मुद्दाको प्रकृति र प्राथमिकताका तारिख मिति स्वचालित रुपमा निर्धारण हुनेछ। यसअघि तारिख तोक्दा कर्मचारीले तजविजी गर्ने र आफुखुसी तोक्ने गुनासो थियो।

प्रधानन्यायाधीश श्रेष्ठले गत भदौ ११ गतेदेखि सर्वोच्च अदालतमा स्वचालित रुपमा मुद्दाको पेसी तोक्ने प्रणाली सुरु गर्नुभएको थियो । त्यसबाट सकारात्मक नतिजा देखिएको भन्दै प्रधानन्यायाधीश श्रेष्ठले सबै उच्च अदालतहरुमा यो प्रणाली लागू गर्न परिपत्र गराउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *