Main News

दलित भएकै कारण स्वास्थ्यकर्मी घरबाटै निकालिइन् (भिडियो रिपोर्टसहित)

२०८० पुष ४ गते १६:४१
दलित भएकै कारण स्वास्थ्यकर्मी घरबाटै निकालिइन् (भिडियो रिपोर्टसहित)

४ पुस २०८० मुगु । छुवाछुत र जातीय भेदभाव गर्न नपाइने कानुनी व्यवस्था भए पनि धेरै ठाउँमा अझै छुवाछुत कायमै छ । नेपाल छुवाछूत मुक्त घोषणा भएको १७ वर्ष पूरा भए पनि मुगुमा दलित भएकै कारण एक स्वास्थ्यकर्मी घरबाटै निकालिएकी छिन् ।

दाङको तुल्सिपुर ११ जैसपुरकी तुल्सा विस्वकर्मा २०७९ माघ २४ गते मुगुको सोरु गाउँपालिका वडा नं ९ खनाया गाउँको खनाया स्वास्थ्य चौकिमा अनमिको रुपमा हाजिर हुनुभयो । हाजिर भएकै दिनदेखि बिक आफ्नै सहकर्मीको घरमा कोठामा बस्नुभयो । सुरुमा खासै सोधखोज नभए पनि जब विक भएको पत्ता लाग्यो, उहाँलाई कोठाबाट निकालियो ।

स्वास्थ्यकर्मी बिक जातिय बिभेद मात्र नभएर महिला हिंसामा समेत पर्नुभयो । उहाँलाई गाउँका केही युवाहरुले बारम्वार फोन गरेर सताउने कार्य गरे । खनाया स्वास्थ्य चौकिका ईन्चार्ज सुरज कुमार शाहीको परिवारबाट पनि दलित भएको भन्दै निरन्तर छोइछिटो गरिरहे । स्वास्थ्य चोकीका ईन्चाज शाही भने यसबारेमा अनविज्ञता प्रकट गर्नुहुन्छ ।

पीडित स्वास्थ्यकर्मी बिक जातिय छुवाछुत मात्र नभएर महिला हिंसा समेत परेको अनुसन्धानले देखाएको छ भने अब कानुनी उपचारमा जाने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले बताउनु भयो ।

जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी उजुरीलाई कानुनी प्रक्रियामा अगाडि बढाईए पनि कतिपय मुद्धा मिलापत्रमै सीमित हुदै आएका छन् । जिल्ला प्रशासन कार्यालयले यो मुद्दालाई गम्भीर रुपमा लिएको जनाएको छ ।

सोरु गाउँपालिकाले स्वास्थ्य चौकीमा देखिएको समस्या समाधानका लागि पहल गरिरहेको जनाएको छ ।

स्वास्थ्यकर्मीमाथि नै सरोकारवालाबाट विभेद हुदा समाजको अनुहार उदांगो पारिदिएको छ । स्वास्थ्यकर्मी बिक माथिको हिंसात्मक र छुवाछुतजस्तो गम्भीर विभेदमा संलग्नलाई कारबाही हुनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *