Main News
उखुको न्युनतम खरिद मूल्य तोकियो
२०८० पुष ४ गते १५:२२
४ पुस २०८० काठमाडौं । सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्युनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ तोक्ने निर्णय गरेको हो ।
कृषि मन्त्रालयको प्रस्तावमा सरकारले किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने पनि निर्णय गरेको छ । यस्तै ५ सय ६५ रुपैयाँ प्रतिक्विन्टल उद्योगले दिने गरी न्युनतम खरिद मूल्य तोकिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
यो मूल्य गत आर्थिक वर्षको भन्दा प्रतिक्विन्टल २५ रुपैयाँले बढी हो। गत आर्थिक वर्ष सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ४० रुपैयाँ तोकेको थियो। उखु किसानहरूले भने मूल्य प्रतिक्विन्टल ७ सय ५० रूपैयाँ कायम हुनुपर्ने आवाज उठाइरहेका थिए।
प्रतिक्रिया