Main News

बारामा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

हिमालय टिभी
२०८० पुष ४ गते १३:१५
बारामा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

४ पुस २०८० बारा । बारामा यात्रुवाहक बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु हुँदा २७ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट काठमाडौंका लागि गुडेको बागमती प्रदेश नम्बर प्लेटको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बिहान जीतपुर सिमरा-२२ मा रहेको ३ नम्बर पुल नजिक ठोक्किएका थिए ।

दुर्घटनामा ट्रक चालक तनहुँ, पिपरटारका २८ वर्षीय पूर्ण गुरुङ, बस चालक हेटौंडा-३ का ४० वर्षीय हरि शमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

२७ जना घाइतेमध्ये ३ जनाको हेटौंडा सरकारी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै २ जनाको चितवन मेडिकल कलेज र २२ जनाको कार्की मेडिकल अमलेखगञ्जमामा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *