Main News
एकीकृत समाजवादीको सचिवालय बैठक शुरु हुँदै
२०८० पुष २ गते ८:५७
२ पुस २०८० काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आजबाट सुरु हुँदैछ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान साँढे ११ बजे शुरु हुने बैठक दुई दिन चल्नेछ। मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक आजबाट सुरु हुन लागेको हो ।
बैठकमा राष्ट्रिय सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड तय गर्नेलगायत विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
बैठकमा आगामी माघमा हुने विधान सम्मेलनका लागि एजेण्डा प्रस्ताव गर्ने र विभिन्न राजनीतिक दल, संघसंस्था तथा समूहसँग भएका कार्यगत एकताबारे जानकारी गराइनेछ।
प्रतिक्रिया