Main News

मुगुमा छैन विद्युत सेवा नियमित (भिडियो रिपोर्टसहित)

२०८० पुष १ गते १७:०४
मुगुमा छैन विद्युत सेवा नियमित (भिडियो रिपोर्टसहित)

१ पुस २०८० मुगु । २०६८ सालमा स्थापाना भएको गमगाढ साना जलविद्युत आयोजनामा पटक पटक समस्या आउने थालेपछि गत भदौमा मुगु राष्ट्रिय प्रशारण लाइनमा जोडियो ।

लामो पर्खाइपछि राष्ट्रिय विद्युत संजालमा जोडिँदै गर्दा अब पटक पटक हुने लोडसेडिङबाट मुक्त हुने आश गरेका मुगाली जनताले फेरि पुरानै नियति भोग्नु परेको छ । अर्थात राष्ट्रिय प्रशारणमा जोडिए पनि मुगुमा विद्युत नियमित छैन ।

गत भदौ २५ गते मुगु राष्ट्रिय विद्युत संजालमा जोडियो । गमगाढ साना जलविद्युत आयोजनाको विजुली उपभोग गर्दा लोडसेडिङको समस्याका कारण आजित भएका मुगुका नागरिकको समस्या राष्ट्रिय विद्युत प्रशारण लाइन आए पनि उस्तै छ ।

निर्धक्क रुपमा बिना लोडसेडिङ काम गर्न पाइने आशा पूरा हुन सकेन । राष्ट्रिय प्रशारण लाइनमा जोडिए पनि विद्युत झ्याप्प झ्याप्प आउने जाने हुँदा ३ हजार १ सय ग्राहक प्रत्यक्ष मारमा परेका छन । विद्युतीय उपकरणमा क्षति पुग्न थालेको छ भने सरकारी कामकाजदेखि अस्पतालको सेवासमेत प्रभावित हुँदै आएको छ ।

मुगुसहितका कर्णालीका हिमाली जिल्लामा सब स्टेशन छैन । सोही कारण, सिधै कोहलपुरबाट विद्युत प्रवाह भइरहेको छ । सुर्खेतमा निर्माणाधिन १ सय ३२ केभी क्षमताको प्रसारण लाइन सम्पन्न नहुँदासम्म माथिल्लो कर्णालीका नागरिकको यो समस्या समाधान नहुने गमगाढ वितरण केन्द्रले जनाएको छ ।

गुणस्तरीय संरचना बिनै राष्ट्रिय प्रसारण लाईनको बिजुली जोड्दा नियमित विधुत आपूर्ति हुन नसकेको हो । यसको समाधानमा सम्बन्धित निकायले यथाशक्य छिटो पहल गर्न माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *