Main News
राष्ट्रियसभा सदस्य निर्वाचन, दलहरुलाई चुनाव चिह्न प्रदान गरिँदै
२०८० पुष १ गते १३:५५
१ पुस २०८० काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको रिक्त पदको निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरिँदैछ ।
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दललाई चुनाव चिह्न प्रदान गर्न लागेको हो । निर्वाचनमा सहभागी हुन दल दर्ताको अन्तिम दिन शुक्रबार १२ दलको निवेदन परेको थियो ।
दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ ।
फागुन २० देखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदैछ । माघ ११ गते निर्वाचन हुनेछ । एक पदमा भने राष्ट्रपतिबाट मनोनित हुनेछ ।
प्रतिक्रिया