राप्रपा केन्दीय समिति बैठक शुरु
१ पुस २०८० काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक शुरु भएको छ ।
धुम्बाराहीस्थित एक ब्यांक्वेटमा जारी बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि आन्दोलनमा जाने प्रस्ताव गर्नुभएको छ ।
बैठकमा आफ्नो समसामयिक प्रस्ताव पेश गर्दै लिङ्देनले देशको वर्तमान अवस्थालाई ध्यान दिई सडक संघर्षमा जानुको विकल्प नभएको बताउनुभएको हो । उहाँले राजसंस्था र हिन्दूराष्ट्रको माग राखेर सडक आन्दोलनमा जान संविधानले नरोक्ने जिकिर गर्नुभयो ।
अध्यक्ष लिङदेनले समान विचार भएकाहरूसँग एकता, सहकार्य आवश्यक भएको र त्यो सम्भव रहेको पनि बताउनुभयो । बैठकमा महामन्त्री धवलशमशेर राणाले बृहद आन्दोलन सम्बन्धी कार्य योजना प्रस्तुत गर्नुभएको थियो ।
यसअघि कार्यसम्पादन समिति बैठकबाट पास भइरहेको कार्य योजनाअनुसार राप्रपामा आन्दोलनमा जाने बताइएको छ । पुस ३ गतेसम्म चल्ने बैठकमा महासचिवले सांगठानिक प्रतिवेदन तथा र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।
यसअघि पार्टीले चलाएको अभियानको समीक्षा गर्दै आगामी आन्दोलनका कार्यक्रम तय गर्ने पनि राप्रपाले जनाएको छ ।
प्रतिक्रिया