एमालेको ‘समृद्धि संकल्प’ पदयात्रा आज समापन हुँदै
१ पुस २०८० काठमाडौं । नेकपा एमालेले गत मङ्सिर १४ गते बैतडीको झुलालघाटबाट सुरु गरेको ‘समृद्धि सङ्कल्प’ पदयात्रा आज मध्यपहाडको पूर्वी विन्दु चिवाभञ्ज्याङ पुगेर समापन हुँदैछ ।
सम्बन्ध स्थानीय–सन्देश राष्ट्रिय भन्ने नाराका साथ १८ दिन अघि सुरु भएको अभियान आज समापन गरिने भएको हो ।
संकल्पयात्राको अन्तिम दिन अध्यक्ष केपी शर्मा ओली र एमाले शीर्षस्थ नेताले पाँचथर सदरमुकामबाट उत्तरी सीमास्थित चिवाभन्ज्याङ पुग्ने क्रममा हेलिकोप्टर प्रयोग गरेका छन् ।
संकल्प यात्राभरि गाडी प्रयोग गरेका ओली र एमाले नेताहरुले अन्तिम दिन हेलिकोप्टर प्रयोग गरेका हुन् । ३ हजार २ सय मिटर उचाइमा रहेको चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा झण्डोतोलनपछि ओलीले सम्बोधन गरेर एमालेको संकल्प यात्रा औपचारिक रुपमा समापन हुँदैछ ।
१७ दिने यात्राका क्रममा मध्यपहाडी राजमार्गमा भित्रका २६ र त्यस बाहिरका चारवटा गरेर ३० वटा जिल्लाका जनतासँग एमालेले संवाद नेताहरुको जिकिर छ।
पुष्पलाल लोकमार्ग नामकरण गरिएको यो मार्गको यात्रामा निस्किएको एमालेले आम समस्याबारे जानकारी लिएर सरकारलाई खबरदारी गरेको जनाएको छ । तर यात्राभर अध्यक्ष ओलीका भनाइ र उहाँलाई फूलमालाले स्वागत गरेका तस्बिरहरु नै बढीजसो प्रचार भएका छन् ।
प्रतिक्रिया