Main News

धनगढीमा सुदुरपश्चिम महोत्सव स् थारु गाउँको आकर्षण (भिडियो रिपोर्टसहित)

२०८० मंसिर ३० गते १८:०२
धनगढीमा सुदुरपश्चिम महोत्सव स् थारु गाउँको आकर्षण (भिडियो रिपोर्टसहित)

३० मंसिर २०८० कैलाली । मंसिर २२ गतेदेखि कैलालीको धनगढीमा सुदुरपश्चिम महोत्सव चलिरहेको छ ।

पर्यटन, कृषि र उद्योग व्यापारको प्रवर्धन गर्ने लक्ष्यका साथ कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा थारु गाउँका लागि ठूलो स्टल राखिएको छ । अहिले थारु गाउँ महोत्सवको प्रमुख आकर्षण बनेको छ ।

थारू समुदायको मौलिक कला, संस्कृतिको संरक्षण एवं प्रवर्धन गर्ने उद्देश्यका साथ छुटै थारू गाउँको प्रदर्शनीमा सर्वसाधारणको सहभगिता बढ्दै गएको छ । थारु समुदायको कला, संस्कृति, खानपिन र संग्रहालय समावेश गरेर बनाइएको यो गाउँमा नपुगे महोत्सव अपूरो हुने अवलोकनकर्ताको अनुभव छ ।

थारु जातीको संस्कृतिक नाचगान, बिभिन्न परिकार, थारु संस्कृतिक पोशाकसँगै विवाह, पुजामा प्रयोग हुने सामग्री समेत प्रदर्शनीमा राखिएको छ । पश्चिम तराइका जिल्लामा बसोबास गर्ने थारु जातीका घरमा पाक्ने परिकारहरु यस गाउँमा पाइन्छन् ।

थारु परिकारहरुको बजारीकरण संगै संस्कृतिबारे जानकारी दिने उद्देश्यले यस पटक महोत्सवभित्र छुट्टै थारु गाउँ राखिएको हो । थारुको घरमा चाडपर्वका बेला पाक्ने ढिक्री, घोङ्गी, सिद्रा माछा, गंगटाको मासु, अनदी चामल, बगुंरको मासु लगायतका थारु परिकारहरु पाइन्छन् ।

थारु परिकार मात्रै होइन यहाँ दैनिक थारु संस्कृती झल्किने छुट्टै सांस्कृतिक कार्यक्रम पनि आयोजना हुन्छ । थारु समुदायले प्रयोग गर्ने बाजा, कृषि औजार, पुजाआजामा प्रयोग हुने सामग्री, विभिन्न पहिरन तथा गहना पनि महोत्सवमा राखिएको छ । महोत्सव स्थलमै चिटिक्क परेको माटोको घरमा रहेको संग्रहालयमा ढकिया, छिट्नी, लहरू, गोलरा, किल्वाही, खैलर, डोक्नी, करै, सिकहा, टुइयाँ, ढक्ली, डेलवा, पिर्का, सोनकरै, हसियाँ, सङै डिलिया, ढरिया, जाललगायतका सामग्री अवलोकन गर्न पाइन्छ ।

कैलाली उधोग बाणिज्य संघले थारुका परिकारको बजारीकरण र परम्परागत संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यस पटक महोत्सव भित्र छुट्टै थारु गाउँ राखेको हो ।

धनगढीमा जारी सुदुरपश्चिम महोत्सवमा पछिल्लो समय लोप हुँदै गइरहेको थारू समुदायको संस्कृति संरक्षण र सम्वद्र्धनसंगै ओरालो लागेको अर्थतन्त्रमा समेत महोत्सवले केहि सुधार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *