फेरि सारियो कांग्रेस महासमिति बैडक
२९ मंसिर २०८० काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक फेरि सारिएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज बसेको कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने गरी सार्ने निर्णय गरेको नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।
सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचन र जाडो यामलाई कारण देखाएर बैठक सार्ने प्रस्ताव गर्नुभएको थियो । देउवाको प्रस्ताव बैठकले पारित गरेको हो । यसअघि कांग्रेसले पुस १६ देखि १९ का लागि महासमिति बैठक बोलाएको थियो ।
यसअघि मंसिरको १३(१५ सम्म बैठक बस्ने भनिएकोमा मंसिरको २९ देखि पुसको २ गतेसम्म गर्ने भनिएको थियो । त्यत्तिबेला चाडपर्वका कारण पुनः महासमिति बैठक सारेर पुस १६ मा पुर्याइएको थियो । योसँगै कांग्रेसको महासमिति बैठक चौथो पटक सरेको हो ।
बैठकले राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने र उम्मेद्वारलाई दिने पत्रमा सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्ने निर्णय पनि गरेको छ । बैठकले दल दर्ता लगायतका कामका लागि पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई अधिकार दिइएको छ ।
प्रतिक्रिया