Main News

स्थानीय तहको जग बलियो बनाउन नीतिगत सुधार आवश्यकः प्रधानमन्त्री प्रचण्ड

हिमालय टिभी
२०८० मंसिर २९ गते १३:५२
स्थानीय तहको जग बलियो बनाउन नीतिगत सुधार आवश्यकः प्रधानमन्त्री प्रचण्ड

२९ मंसिर २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधारको आवश्यक रहेको बताउनुभएको छ ।

२९ औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संविधानको मर्म र भावनाअनुरुप श्रोत साधनको व्यवस्था गरी स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय काठमाडौं महानगरपालिकाले गरेका प्रगतिशील कामहरु आफूले गम्भीरतापूर्वक नियालिरहेको बताउनु भयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले काठमाडौं उपत्यकाको फोहर दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो ।

उहाँले काठमाडौं उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि महानगरपालिका,प्रदेश सरकार र संघीय सरकारको भुमिका उत्तिकै रहेकाले सबैले सहयोग गरिदिन आग्रह गर्नुभयो ।

प्रमुख साहले काठमाडौं उपत्यकामा खोला अतिक्रमणको समस्या समाधानका लागि पनि संघ सरकारसँग् आग्रह गर्नुभयो । कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले महानगरले ल्याएका १० गौरव र २५ स्वर्णिम योजनाहरु सम्पन्न भएसँगै संघीय राजधानीको मुहार फेरिने दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *