Main News

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एक जना गम्भीर घाइते

हिमालय टिभी
२०८० मंसिर २९ गते १३:४८
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एक जना गम्भीर घाइते

२९ मंसिर २०८० धनुषा । धनुषामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।

मधेश प्रदेश नम्बर प्लेटको तीनजना सवार मोटरसाइकल आज बिहान लक्ष्मीनियाँ गाउँपालिका–४ सपही पुलभन्दा केही पर दुर्घटना भएको धनुषा प्रहरीले जनाएको छ ।

धनुषाको कमला नगरपालिका–८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका(१ का ३० वर्षीय जयकुमार सहनीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका जनकपुरधाम उपमहानगरपालिका(१२ का शत्रुधन सहनीको काठमाडौंको न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *