Main News

सात बुँदे मागसहित डाक्टर गोविन्द केसीले तीन दिने अनशन थाल्दै

हिमालय टिभी
२०८० मंसिर २९ गते १३:४६
सात बुँदे मागसहित डाक्टर गोविन्द केसीले तीन दिने अनशन थाल्दै

२९ मंसिर २०८० काठमाडौं । डाक्टर गोविन्द केसीले आजदेखि तीन दिने अनशन सुरु गर्ने घोषणा गर्नुभएको छ ।
च्यिि।।
काठमाडौंमा पत्रकार सम्मेलन गरी केसीले आज साँझ पाँचबजेदेखि अनशन बस्ने जानकारी दिनुभएको हो ।

केसीले सशस्त्र द्वन्द्वकालमा भएका अपराधका दोषीलाई कार्वाही हुनुपर्ने, सरकारी नियुक्तिमा स्वार्थको द्वन्द्व अन्त्य हुनुपर्ने लगायतका ७ बुँदे माग राखेर अनशन शुरु गर्न लाग्नुभएको हो ।

उहाँले अनसन बस्ने स्थानको जानकारी दिदाँ अनसननै बस्न नदिने भन्दै, अनसन बस्ने स्थानबारे भने खुलाउनु भएको छैन । पटक पटक चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसन बस्नुभएका केसीको यो २१ औं अनसन हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *