Main News

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ताको समय सकिँदै

हिमालय टिभी
२०८० मंसिर २९ गते १३:४३
राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ताको समय सकिँदै

२९ मंसिर २०८० काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताको समय आज सकिँदै छ ।

निर्वाचन आयोगले यही मंसिर २४ देखि आजसम्म राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दर्ताको समय दिएको थियो ।

आयोगले राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ काठमाडौंमा दल दर्ताका लागि निवेदन दिन आग्रह गरेको थियो । आजसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन् ।

दल दर्ताका लागि आह्वान गरिएको दोस्रो दिन नै नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नेपाल मजदुर किसान पार्टीले दर्ताको निवेदन दिएका थिए । नेपाली कांंग्रेसलेआज दल दर्ता गर्ने जनाएको छ ।

आगामी फागुन २० गते राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदैछ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ । एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *