Main News

संघीय सरकारविरुद्ध दायर मुद्दाको सुनुवाइ आज

हिमालय टिभी
२०८० मंसिर २७ गते १३:२२
संघीय सरकारविरुद्ध दायर मुद्दाको सुनुवाइ आज

२७ मंसिर २०८० काठमाडौं । बागमती प्रदेश सरकारले संघीय सरकारविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुनुवाई हुँदैछ ।

संघीय सरकारविरुद्ध बागमती सरकारले दायर गरेको रिट निवेदनको सुनुवाइ सर्वोच्चको संवैधानिक इजलासमा पेशी तोकिएको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मीसहितको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।

गत कार्तिक १२ गते बागमती प्रदेशले प्रदेश सरकारको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै संघीय सरकारविरुद्ध रिट निवेदन दायर गरेको थियो ।

शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन, २०७९ का प्रावधान संघीयताविरुद्ध रहेको बागमती सरकारको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *