संघीय संसद्को कार्यवाहक महासचिवमा पदमप्रसाद पाण्डेय नियुक्त
२७ मंसिर २०८० काठमाडौं । संघीय संसद्को कार्यवाहक महासचिवमा पदमप्रसाद पाण्डेय नियुक्त हुनु भएको छ ।
सभामुख देवप्रसाद घिमिरेले प्रतिनिधिसभाका सचिव पाण्डेयलाई महासचिवको जिम्मेवारी तोक्नु उहाँको सचिवालयले जनाएको हो । सभामुख र राष्ट्रियसभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
राष्ट्रपतिबाट महासचिव नियुक्तिमा ढिलाइ भएपछि सभामुखले कार्यवाहक तोक्नु भएको हो । कार्यवाहक महासचिव तोक्ने अधिकार भने सभामुखलाई हुन्छ ।
संघीय संसद्का महासचिव डा। भरतराज गौतमले राजीनामा दिएपछि पद रिक्त छ । प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले कार्यवाहक तोकेको सभामुखको सचिवालयले जनाएको छ ।
सभामुखले महासचिव नियुक्तिमा भएका ढिलाइ वा चासोबारे राष्ट्रपतिसँग संवाद गर्न चाहेको तर सम्पर्क नभएको पनि सचिवालयको भनाइ छ ।
प्रतिक्रिया