Main News

संघीय संसदको महासचिवमा पदमप्रसाद पाण्डेयको नाम सिफारिस

हिमालय टिभी
२०८० मंसिर २५ गते १३:१८
संघीय संसदको महासचिवमा पदमप्रसाद पाण्डेयको नाम सिफारिस

२५ मंसिर २०८० काठमाडौं । संघीय संसदको महासचिवमा पदमप्रसाद पाण्डेयको नाम सिफारिस भएको छ ।

भरतराज गौतमले राजीनामा दिएपछि उहाँको स्थानमा पाण्डेयको नाम सिफारिस भएको हो । गौतमले हिजो राजीनामा दिनु भएको थियो ।

उहाँको राजीनामा राष्ट्रपति कार्यालय पुगेर स्वीकृत भएपछि प्रतिनिधि सभाका सचिव पाण्डेको नाम महासचिवका लागि सिफारिस भएको हो । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पाण्डेको नाम महासचिवमा सिफारिस गर्नु भएको छ ।

सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *