Main News
सत्ता गठबन्धनका शीषै नेताहरुको बैठक जारी
२०८० मंसिर २५ गते १३:१६
२५ मंसिर २०८० काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटरमा बसिरहेको छ।
एनसेल प्रकरण, राष्ट्रियसभामा भागबण्डा, सुन प्रकरणकालगायत विषयमा छलफलका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
एनसेल र सुन प्रकरणले सरकारको आलोचना भइरहेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माओवादीका महासचिव देव गुरुङ, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरू सहभागी हुनुहुन्छ ।
प्रतिक्रिया