Main News

लमजुङमा सामूहिक भोज खाएका २९ जना बिरामी, एक जनाको मृत्यु

हिमालय टिभी
२०८० मंसिर २४ गते १३:१५
लमजुङमा सामूहिक भोज खाएका २९ जना बिरामी, एक जनाको मृत्यु

२४ मंसिर २०८० लमजुङ । लमजुङमा सामूहिक भोज खाएर बिरामी परेका मध्ये एक जनाको मृत्यु भएको छ।

बेसीसहर नगरपालिका वडा नम्बर ४ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाई‌ले जानकारी दिनुभयो ।

देवीलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अस्पतालका अनुसार मृतक परियारका श्रीमान् देवु ,१२ वर्षीया छोरी विद्यासहित २९ जनाको एचडिसीएस अस्पताल सुन्दरबजारमा उपचार भइरहेको छ ।

शुक्रबार सुन्दर बजार नगरपालिका–९ स्थित क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको अवसरमा सामूहिक भोज आयोजना गरिएको थियो । भोजमा ४० जना सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *