Main News

विवादका बीच लोसपा केन्द्रीय समिति बैठक शु्रु

हिमालय टिभी
२०८० मंसिर २४ गते १३:१२
विवादका बीच लोसपा केन्द्रीय समिति बैठक शु्रु

२४ मंसिर २०८० काठमाडौं । विवादका बीच लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक शुरु भएको छ ।

काठमाडौंको कार्की व्याङक्वेटमा शुरु बैठक पार्टीमा दोस्रो वरियताका नेता राजेन्द्र महतोले बहिष्कार गरेका हुन् ।

बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचन र संगठन विस्तार लगायत एजेण्डामा छलफल गर्ने कार्यसूची छ । तर पार्टीमा पछिल्लो पटक गरिएको केन्द्रीय पदाधिकारी र केन्द्रीय समिति विस्तारमा असन्तुष्ट महतोले आफ्नो मत सुनुवाइ नभएको भन्दै बैठकमा बहिष्कार गरेका छन् ।

महतोले दुई महिना अघि बसेको कार्यकारिणी समितिको बैठकमा पुराना नेताहरु पदाधिकारी र केन्द्रीय समितिमा छुटेकाहरुलाई समेट्नुपर्ने बताउनु भएको थियो ।

अध्यक्ष महन्थ ठाकुरले पनि त्यसलाई सम्बोधन गर्ने वचन दिएपनि त्यसको सुनुवाइ नभएको महतोको आरोप छ गत असोज ८ गते सो पार्टीको ३ सय ११ सदस्यीय केन्द्रीय समितिको नामावली सार्वजनिक गरेपछि यो पहिलो बैठक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *