Main News

संविधानमा व्यवस्था भएअनुसारका कारण तत्काल निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

हिमालय टिभी
२०८० मंसिर २४ गते १३:०९
संविधानमा व्यवस्था भएअनुसारका कारण तत्काल निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

२४ मंसिर २०८० काठमाडौं । मधेश प्रदेश सरकारले संविधानमा व्यवस्था भएबमोजिमका कानूनहरु छिटो निर्माण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ ।

प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको टोलीले बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएको हो । भेटमा मुख्यमन्त्री यादवले एक महिनाभित्र निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजन गरिसक्न आफूहरुले अल्टिमेटम दिएकोमा पूरा नभएकाले आन्दोलनको बिकल्प नभएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भने संघर्षका कार्यक्रम थाँती राखेर संघीयता कार्यान्वयन प्रभावकारी बनाउन आग्रह गर्नुभएको थियो । उहाँले संघीयताको जन्मदाता नै आफू र आफ्नो पार्टी माओवादी केन्द्र भएको भन्दै संघीय कानुनहरू निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताउनु भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले संघीयता कार्यान्वयन प्रभावकारी बनाउन मधेश सरकारका प्रतिनिधिहरुलाई आ–आफ्नो पार्टीमा पनि पहल बढाउन आग्रह गर्नुभयो । मुख्यमन्त्री यादवले प्रधानमन्त्रीको आग्रहलाई आफूहरूले सकारात्मक रूपमा लिएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *