Main News

कोशीमा सभामुख : अब निर्वाचनबाट (भिडियो रिपोर्टसहित)

२०८० मंसिर २३ गते १६:४५
कोशीमा सभामुख : अब निर्वाचनबाट (भिडियो रिपोर्टसहित)

२३ मंसिर २०८० मोरङ । कोशी प्रदेशसभाका सभामुख पद गत साउन १६ गतेदेखि खाली छ । राप्रपादेखि एमालेसम्मले कोशीमा सभामुखका लागि दावी गरिरहेको छ । तर, दलहरुबीच सहमति नजुट्दा चार महिनादेखि प्रदेशसभा सभामुख विहीन छ ।

कांग्रेस सांसद इस्राइल मन्सुरीले लेटरप्याडमा आफूलाई सभामुखका रुपमा चिनाइरहँदा बल्ल दलहरु अब चुनावी प्रक्रियामा गएर भएपनि पुष पहिलो साताभित्र सभामुख नियुक्त गर्ने तयारीमा जुटेका छन् ।

जनताको आवाज उठ्ने प्रमुख थलोको रुपमा रहेको कोशी प्रदेशसभामा सभामुख चयनको प्रक्रिया बल्ल सुरु हुने भएको छ । कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच पुष पहिलो साताबाट सभामुख चयनको बिषयलाई छलफलमा लैजाने मौखिम सहमति गरेका छन् । यो सँगै सभामुख कसले पाउने भन्ने दलहरुबीचको रस्साकसी अन्त्य भएको छ ।

कोशी प्रदेश गएको साउन १६ देखि सभामुखविहीन अवस्थामा छ । २०७९ पुस २८ गते सभामुखमा निर्विरोध निर्वाचित बाबुराम गौतमले मन्त्री बन्न राजीनामा दिएपछि प्रदेशसभाले अर्को सभामुख पाउन सकेको छैन ।

सभामुख चयनको विषय उठेपछि पुष पहिलो साता नै टुङ्गो लगाउने गरी प्रदेशसभामा प्रतिनिधित्व गरिरहेका दलले आवश्यक छलफल थालेका छन् । बहुमत सुरक्षित राख्न सत्ता गठबन्धनले भने सभामुख पद राप्रपा र एमालेतिरै धकेल्ने गरी तयारी सुरु गरेको छ ।

संविधानको धारा १८२ मा प्रदेशसभाको सभामुख र उप–सभामुखको चयन प्रक्रिया उल्लेख छ । उक्त धाराको उपधारा ९३० मा सभामुख वा उप–सभामुखको पद रिक्त भएमा प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचन गरी पदपूर्ति गर्नुपर्ने बिषय स्पष्ट छ ।

प्रदेशसभामा सभामुख पद रिक्त रहँदा एमालेबाट उप–सभामुख निर्वाचित सिर्जना दनुवार हाल कार्यबाहक सभामुखको जिम्मेवारीमा हुनुहुन्छ । त्यसो हुँदा संविधानमा भएको व्यवस्था अनुरुप कोशी प्रदेशमा अहिले एमालेले सभामुख लिन पाउँदैन । तर, एमाले उप–सभामुखलाई राजीनामा गराएर भएपनि सभामुख लिने तयारीमा छ ।

राप्रपाले पनि अम्बरबहादुर विष्टलाई अघि सार्दैछ । सभामुख नहुँदा कांग्रेस सांसद इस्राइल मन्सुरीले लेटरप्याडमा आफूलाई सभामुखका रुपमा चिनाइरहनुभएको छ । प्रदेश सरकारले भर्खरै पारित गरेको बजेटमा आफ्नो क्षेत्रमा पारेका योजनाहरुको विस्तृत विवरण पत्रमा सभामुख लेखेपछि सत्तारुढ दल सभामुख चयन गर्न जुर्मुराएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *