पर्याप्त जनशक्ति नहुँदा जिल्ला प्रशासन बारामा सेवाग्राहीको भीड (भिडियो रिपोर्टसहित)

२२ मंसिर २०८० बारा । नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र जस्ता अत्यावस्यक कागजपत्र बनाउने जिल्ला प्रशासन कार्यालयले हो ।
यस्तै काम लिएर दैनिक सयौं नागरिक जिल्ला प्रशासनमा आउने गर्छन । तर, पर्याप्त जनशक्ति नहुँदा पछिल्लो समय जिल्ला प्रशासन बारामा सेवाग्राहीको भीड हुने गर्दछ । सेवाग्राहीले एकछिनको कामका लागि दुईदेखि तीन दिनसम्म कुर्नु पर्छ ।
यो भीड कुनै मन्दिर वा मेलाको होइन । यो भीड जिल्ला प्रशासन कार्यालय बारा कलैयाको हो । यस्तो भीड जिल्ला प्रशासन कार्यालयमा दिनहुँ हुने गर्दछ । कुनै पनि काम लिएर जिल्ला प्रशासन कार्यालय पुग्दा एक दिनमा काम नहुने अवस्था छ ।
जिल्ला प्रशासन कार्यालय बारामा नयाँ नागरिकता र प्रतिलिपी लिने फाँटमा सबैभन्दा बढी चाप हुने गरेको छ । दैनिक ४-५ सय सेवाग्राही पुग्ने भए पनि अधिकृतस्तरका चार जनामात्र कर्मचारी हुँदा सेवा प्रवाह अस्तव्यस्त बनेको हो ।
नागरिकलाई सहज र सुलभ सेवा दिन भनेर बाराको कोल्हवी र सिम्रौनगढमा इलाका प्रशासन कार्यालय स्थापना गरियो । तर, त्यहाँ कार्यालय प्रमुख नै नहुँदा कलैया नै धाउनुपर्ने बाध्यता छ ।
प्रतिक्रिया