Main News

चोरेर पुर्‍याइएका मूर्ति अमेरिकाद्वारा नेपाललाई फिर्ता

हिमालय टिभी
२०८० मंसिर १९ गते १३:४०
चोरेर पुर्‍याइएका मूर्ति अमेरिकाद्वारा नेपाललाई फिर्ता

१९ मंसिर २०८० काठमाडौं । नेपालबाट चोरी गरी अमेरिका पुर्‍याइएका चार वटा पुरातात्विक मूर्ति अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ ।

न्यूयोर्कस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा नेपाली महावाणिज्य दूतावास मार्फत मूर्ति हस्तान्तरण गरिएको हो । फिर्ता गरिएका मूर्तिहरुमा दुई वटा भैरव मास्क छन् भने शिव पार्वती उमा महेश्वर र दुर्गाको ढुंगाको मूर्ति छन् ।

ती मूर्तिहरु १६ औं र १७ औं शताब्दीका छन् । ती मूर्ति छिट्टै नेपाल पठाउने महावाणिज्य दूतावासले जनाएको छ । यसअघि महावाणिज्य दूतावासको पहलमा १६ वटा पुरातात्विक मूर्ति स्वदेश फर्काइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *