Main News

पक्राउ पुर्जीविरुद्ध विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलन घोषणा

हिमालय टिभी
२०८० मंसिर १९ गते १३:३७
पक्राउ पुर्जीविरुद्ध विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलन घोषणा

१९ मंसिर २०८० काठमाडौं । जिल्ला अदालत काठमाडौंको पक्राउ पूर्जीविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आन्दोलन घोषणा गरेको छ ।

नेकपाले महासचिव चन्दसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, माइला लामा, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि विज्ञप्तिमार्फत तीन दिने आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो ।

जस अनुसार आज साँझ साढे ५ बजे मशाल जुलुस, भोलि दिउँसो ३ बजे न्यायाधीशको पुत्ला दहन र पर्सी दिउँसो २ बजे देशव्यापी जनप्रदर्शन गर्ने जनाइएको छ । २०७६ साल असोज ९ गते उनीहरुविरुद्ध मुद्दा दायर भएको थियो ।

उनीहरुले संघीय इकाइहरुबीच तथा विभिन्न जातजाति वा सम्प्रदायबीचको सम्वन्धमा खलल पारेर राज्यविरुद्ध कसुर गरेको अभियोग लगाइएको छ । २०७७ साल फागुन २१ गते सरकारसँग भएको ३ बुँदे सहमतिको उल्लंघन गर्दै अदालतले पक्राउ पूर्जी जारी गरेको नेकपाले जनाएको छ ।

यसले देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथि असर पर्ने नेकपाको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *