Main News

एनसेलको शेयर खरिदबिक्रीविरुद्ध अनेरास्ववियुको विरोध प्रदर्शन

हिमालय टिभी
२०८० मंसिर १९ गते १३:३३
एनसेलको शेयर खरिदबिक्रीविरुद्ध अनेरास्ववियुको विरोध प्रदर्शन

१९ मंसिर २०८० काठमाडौं ।एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको भन्दै विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका छन् ।

सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल निकट विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट अनेरास्ववियुले एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागीहरुले एनसेललाई राष्ट्रियकरण गर, विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । यसैगरी सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले पनि संयुक्त विज्ञप्ति निकालेर एनसेलको शेयर खरिदबिक्री प्रकरणको विरोध गरेका छन् ।

एनसेलको ८० प्रतिशत शेयर नेपाल बाहिरै बिक्री भएपछि विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *