Main News

उच्च पहाडी भूभागमा हिमपात र वर्षा

हिमालय टिभी
२०८० मंसिर १८ गते १३:०४
उच्च पहाडी भूभागमा हिमपात र वर्षा

१८ मंसिर २०८० काठमाडौं । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा भएको छ ।

हुम्ला सदरमुकाम सिमकोटमा बिहानदेखि हिमपात भइरहेको छ । हिमपातका कारण जनजीवन प्रभावित भएको छ । सिमकोटमा चार इञ्चभन्दा बढी हिमपात भएको छ । जिल्लाको उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात भएको छ ।

हिमपातले जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिकामा चिसो अत्यधिक बढेको स्थानीयले बताएका छन् । हिमपात भएसँगै आवतजावतमा समेत कठिनाई भएको छ । हिमपात भएसँगै हवाइ सेवा पनि प्रभावित बनेको छ । यस वर्ष पहिलो पटक हिमपात भएको र यसले बालीलाई राम्रो गर्ने स्थानीयको भनाइ छ ।

उता मुस्ताङमा पनि हिमपात भएको छ । सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भइरहेको सहायक बागलुङ प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

हिमपातले जनजीवन कष्टकर भए पनि किसान भने बालीनालीलाई राम्रो हुने भन्दै खुशी भएका छन् । यता मौसम पूर्वानुमान महाशाखाले अहिलेको हिमपात र वर्षा हल्का खालको रहेको जनाएको छ ।

मौसमविद सरोज पुडासैनीले हिमपात र वर्षाको प्रभाव बेलुकादेखि कम हुँदै जाने अनुमान गरिएको बताउनुभयो । उहाँले काठमाडौं उपत्यकामा चिसो बढे पनि पानी पर्ने सम्भावना भने कम रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *