Main News

चीनसँग सहयोग लिन सरकार डराउने गरेको एमाले अध्यक्ष ओलीको आरोप

हिमालय टिभी
२०८० मंसिर १८ गते १३:०१
चीनसँग सहयोग लिन सरकार डराउने गरेको एमाले अध्यक्ष ओलीको आरोप

१८ मंसिर २०८० काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको आरोप लगाउनु भएको छ ।

पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ अभियानका क्रममा दैलेख पुगेका ओलीले चीन सरकारले कुनै पनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको आरोप लगाउनु भएको हो ।

अध्यक्ष ओलीले राजनीतिक दलले अब राजनीतिक कुरा गरेर मात्र नहुने भन्दै विकासका लागि राजनीति गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले नेपालसँग निर्यात गर्ने सामग्री कुनैपनि उत्पादन हुन नसकेको बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *