Main News

आफैंले बोकेको भरुवा बन्दुक पड्कँदा दोलखामा एक जनाको मृत्यु

हिमालय टिभी
२०८० मंसिर १७ गते १३:२१
आफैंले बोकेको भरुवा बन्दुक पड्कँदा दोलखामा एक जनाको मृत्यु

१७ मंसिर २०८० चरिकोट । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेमा भरुवा बन्दुक पड्किएर छर्रा लाग्दा २० वर्षीय सञ्जिव सार्कीको मृत्यु भएको छ ।

आफैंले बोकेको भरुवा बन्दुकबाट फायर हुँदा सञ्जिवको देब्रे छातीमा छर्राले लागेको थियो । घाइते सञ्जिवलाई चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको दोलखा प्रहरीले जनाएको छ ।

सञ्जिवसहित ७ जना स्थानीय गएराति डाँडाबारी जंगलमा शिकार खेल्न गएका थिए । सञ्जिवको मृत्यु भएको घटना सार्वजनिक भएपछि उनीसँगै शिकार खेल्न गएका स्थानीय ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *