Main News

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कँदै

हिमालय टिभी
२०८० मंसिर १७ गते १३:११
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कँदै

१७ मंसिर २०८० काठमाडौं । जलवायु सम्बन्धी कोप २८ सम्मेलनमा भाग लिइ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्कँदै हुनुहुन्छ ।

प्रधानमन्त्री प्रचण्ड आज साँझ ६ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । दुबईमा आयोजित सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरि यही मंसिर १३ गते दुबई जानु भएको थियो ।

हिजो सम्मेलनलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको भन्दै अन्यायपूर्ण अवस्था अन्त्य हुनुपर्ने बताउनु भएको थियो ।

हिजै प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशहरुको एजेण्डा उठाउन ‘हिमालको पुकारस् जलवायु संकटबाट हामीलाई कसले बचाउने छ ’ कार्यक्रम आयोजना गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *