Main News
अराजकता फैलाउनेलाई छुट दिन नसकिने गृहमन्त्रीको चेतावनी
२०८० मंसिर १६ गते १६:३३
१५ मंसिर २०८० काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानूनलाई हातमा लिने र अराजकता फैलाउनेलाई छुट दिन नसकिने स्पष्ट पार्नुभएको छ ।
चितवनको भरतपुरमा पत्रकाहरुसँग गृहमन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख समावेशी लोकतन्त्रलाई कार्यान्वयन गर्न अवरोध गर्ने स्थिति आउन नदिने बताउनुभयो ।
उहाँले संविधान र लोकतान्त्रिक पद्धतिलाई रक्षा गर्नका लागि अझै गम्भीरतापूर्वक सरकार लागि पर्ने बताउनुभयो ।
टिकटक बन्द गर्ने सरकारी निर्णयको जनताले स्वागत गरेको जिकिर गर्दै गृहमन्त्रीले श्रेष्ठले अन्य सामाजिक सञ्जाल बन्द नगर्ने तर नियमन गर्दै लैजाने बताउनुभयो । उहाँले समाजलाई व्यवस्थित पार्दै लैजाने र अराजकताको नियन्त्रण गर्ने बताउनुभयो ।
प्रतिक्रिया