Main News

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्न नहुनेमा प्रधानमन्त्रीको जोड

हिमालय टिभी
२०८० मंसिर १६ गते १६:३१
पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्न नहुनेमा प्रधानमन्त्रीको जोड

१५ मंसिर २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्न नहुने बताउनुभएको छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन कोप-२८मा अवसरमा आज हिमालका मुद्दा सम्बन्धमा आयोजित उच्चस्तरीय कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड पेरिस सम्झौता कार्यान्वनमा जोड दिनुभएको हो ।

उहाँले पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियलमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला हुँदा हिमालमा ठूलो असर परेको र संकट आइसकेको बताउनुभयो ।

सम्मेलनबाट स्थापना हुन लागेको जलवायुजन्य हानिनोक्सानी कोष सहयोग समतामूलक, प्रक्रिया सहज र पारदर्शी हुनुपर्ने तथा नेपालजस्ता मुलुकले लाभ लिन पाउनुपर्नेमा प्रधानमन्त्रीको जोड छ ।

कार्यक्रममा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले हिमालका मुद्दा सम्बोधन गर्न ढिला गरे यसबाट अपूरणीय क्षति हुने बताउँदै जिम्मेवार मुलुक र निकायले छिटोभन्दा छिटो सम्बोधन गर्न लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *