Main News

तनहुँमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३४ जना घाइते

हिमालय टिभी
२०८० मंसिर १३ गते १३:५०
तनहुँमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३४ जना घाइते

१३ मंसिर २०८० तनहुँ । तनहुँमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् ।

धरानबाट पोखराका लागि छुटेको ग १ ख ७८९५ नम्बरको बस पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका(१२ घाँसीकुवामा आज बिहान अनियन्त्रित भइ सडक भन्दा तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा धनकुटा साँगुरीगढीका ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका अन्दाजी ५० वर्षका टोकबहादुर मगर छन् । दुर्घटनामा घाइते मध्ये ९ जनालाई उपचारको लागि पोखरा पठाइएको छ ।

अन्यको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण बस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *