Main News

प्रधानमन्त्री प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन दुबई जाँदै

हिमालय टिभी
२०८० मंसिर १३ गते १३:२६
प्रधानमन्त्री प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन दुबई जाँदै

१३ मंसिर २०८० काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संयुक्त अरब इमिरेट्सको दुबई जाँदै हुनुहुन्छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि, युएनएफसीसीसीका पक्ष राष्ट्रको २८औं सम्मेलनमा सहभागिता जनाउन प्रधानमन्त्री प्रचण्ड आज राति साढे नौ बजे दुबई जान लाग्नु भएको हो ।

प्रधानमन्त्री प्रचण्ड सम्मिलित प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोसहित उच्च सरकारी अधिकारी हुनुहुन्छ । प्रधानमन्त्रीले शनिवार सो सत्रमा नेपालको तर्फबाट वक्तव्य दिने कार्यक्रम छ।

जलवायु परिवर्तनमा नेपालको आवाज उठाउनका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय एजेन्डालाई प्रवर्द्धन गर्न ‘हिमालको आह्वानः जलवायु सङ्कटबाट हामीलाई कसले बचाउछरु’ शीर्षकको उच्चस्तरीय बैठकमा सम्बोधन गर्नहुनेछ ।

त्यसैगरी प्रधानमन्त्री दाहालले संयुक्त अरब इमिरेट्सको ५२औँ सङ्घीय दिवस समारोह र ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागिता जनाउनुहुनेछ ।

प्रधानमन्त्री दाहालले उच्च–स्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुखरसरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको मन्त्रालयले जनाएको छ।

अबुधाबीस्थित नेपाली दूतावासको भ्रमणका साथै नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल–युएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्कनुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *