Main News

प्रहरी समायोजनको माग गर्दै प्रदेशका गृहमन्त्रीहरु काठमाडौं

हिमालय टिभी
२०८० मंसिर १२ गते १३:१०
प्रहरी समायोजनको माग गर्दै प्रदेशका गृहमन्त्रीहरु काठमाडौं

१२ मंसिर २०८० काठमाडौं । प्रहरी समायोजनको माग गर्दै प्रदेशका गृहमन्त्रीहरु काठमाडौं आएका छन् ।

सातै प्रदेशका गृहमन्त्रीहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर आफ्ना माग राख्दैछन् ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रधानमन्त्री प्रचण्डलाई दिउँसो २ बजे र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दिउँसो साढे ३ बजे भेटेर ज्ञानपन पत्र बुझाउने कार्यक्रम छ ।

प्रहरी समायोजनसहित प्रदेशको शान्ति सुरक्षाबारे छलफल हुने बताइएको छ । प्रदेश सरकारहरू बनेको ६ वर्ष भइसक्दा पनि प्रदेशको आफ्नै प्रहरी नहुँदा कार्यसम्पादनमा असर परेको भन्दै प्रदेशका गृहमन्त्रीहरू संघीय सरकारसँग असन्तुष्ट छन् ।

मुलुक तीन तहको संघीय संरचनामा गएको एक दशक पुग्न लाग्दा पनि प्रदेश प्रहरी गठन हुन सकेको छैन । प्रहरी समायोजन ऐन २०७६ साल माघ २८ गते नै राष्ट्रपतिबाट प्रमाणीकरण भए पनि संघीय सरकारले कार्यान्वयनमा आनाकानी गरिरहेको प्रदेश सरकारहरुको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *